वस्तु तथा सेवाका लागि सूचीदर्ता गर्ने सम्बन्धी सूचना

NGO

Assignment Description

बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) बालबालिकाको क्षेत्रमा क्रियाशील संस्थाहरुको राष्ट्रिय सञ्जालको रुपमा सन् २००३ मा स्थापना भएको नागरिक सञ्जाल हो । यस सञ्जालले स्थापना कालदेखि नै बाल अधिकारको प्रर्वद्धनका लागि सदस्य संस्थाहरुको क्षमता विकास एवम् नेपाल सरकारसँग साझेदारी गर्दै नीति, योजना र कार्यक्रमहरुमा सरकारलाई रचनात्मक सहयोग गर्दै आएको छ । बालबालिका विरुद्ध हुने हिंसा, दुव्र्यवहार र बाल अधिकार हनन्का घटनाहरुमा न्यायको लागि विशेष पहल तथा विद्यालय शान्तिक्षेत्र राष्ट्रिय अभियानको प्रर्वद्धनका
साथै बाल अधिकार सुशासनका लागि क्रियाशील रहेको छ ।

यस सञ्जाल मार्फत सन् २०२६ मा बाल अधिकार सम्बन्धी विभिन्न अभियानका कार्यक्रमहरुलाई प्रभावकारी सञ्चालन गर्न तपसिल बमोजिमका समाग्री तथा सेवा सरल र गुणस्तरीय तरिकाले आपूर्ति गर्न आवश्यक भएकाले कानूनी हैसियत प्राप्त ईच्छुक फर्म, कम्पनी, सप्लायर्स, संस्थाहरु तथा व्यक्तिहरु (सेवाप्रदायक) लाई सूचीकरण हुन तोकिएको ढाँचामा यसै साथ संलग्न फारम (Supplier Registration Form) भरी आवश्यक कागजातहरुका साथ शिलबन्दी गरी ७ दिन भित्रमा तल दिइएको ठेगानामा बुझाउन हुन यो सूचना प्रकाशित गरिएको छ ।

 

Link: https://www.czopnepal.org.np/%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%81-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%b8%e0%a5%87%e0%a4%b5%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%b8%e0%a5%82%e0%a4%9a-2/

 

Overview

  • Published on: 2026-02-07
  • Service Type: Other Services (Miscellaneous)
  • Location:Kathamndu
  • Application Deadline: Feb. 9, 2026
  • Category: Enlistment/Standing List